काठमाडौं । सिद्धार्थ बैंकलाई इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन (आईएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (एमएसएमई) हरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ ।
यसअन्तर्गत आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गर्नेछ । बैंकलाई प्रदान गरिने सो ऋण रकम आईएफसीद्वारा कुनै पनि नेपाली बैंकलाई हालसम्म प्रदान गरिएको सबैभन्दा बढी ऋण रकम हो ।
यस सहकार्य सँगै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपूर्ण कृषिजस्ता परियोजनामा लगानी गर्नेछ । यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न र हाल नेपालको बैंकिङ प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केही हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
२ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँको सम्पत्ति, २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप र १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ कर्जा पुँजी छ। साे बैंककाे देशभरि १ सय ९५ शाखा, २ सय २३ एटीएम र १ हजार ७ सय ४४ पीओएसमार्फत बैंकिङ सेवा दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्