Shikhar Insurance
National Life

घट्यो सार्वजनिक गाडीको भाडा, कहाँ जान कति लाग्छ ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार ११:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडादर घटाएको छ । यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने गाडी भाडा घटाएर नयाँ सूची सार्वजनिक गरेको हो ।

नेपाल आयल निगमले डिजलको भाउ लिटरमा १० रुपैयाँ घटाएसँगै सार्वजनिक यातायात व्यवस्था विभागले भाडा घटाएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसंगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा सार्वजनिक यातायातको भाडा समायोजन हुँदै आएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले घटेको छ । यसका साथै पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा विभागले घटएपनि छोटो दुरी अर्थात् अन्तर पालिकास्तरको गाडी भाडा भने प्रदेश सरकारले घटाउनुपर्छ।

यस्तो छ नयाँ भाडादर

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्