Skip to content
Shikhar Insurance
National Life

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

इन्स्योरेन्सले अब हाल कायम चुक्ता पूँजी २ अर्ब रुपैयाको ९.८ प्रतिशतका दरले हुन आउने १९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.५१५८ प्रतिशतका दरले हुन आउने १ करोड ३ लाख १५ हजार ७८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो। प्राधिकरणबाट बैशाख २९ गते वित्तीय विवरण परिमार्जन गरि लाभांश संशोधन गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्