काठमाडौं । सुदुरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वताएका छन् ।
खप्तडमा पर्यटन पुर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि महासंघसंगको सहकार्यका लागि आएको सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीसंग अध्यक्ष ढकालले उक्त कुरा वताएका हुन् ।
ढकालले भने ‘पर्यटकीय लगायतका पुर्वाधार निर्माणका लागि वातावरणीय मुल्यांकन र जग्गा प्राप्ति निक्कै कठिन रहेको हुँदा यी बिषयमा सरकारले सहजीकरण गर्नुपर्ने आवस्यक छ । यसैपटकको बजेटबाट यी बिषय सहज बनाउने हो भने तत्काल लगानी गर्न निजीक्षेत्र तयार छ ।’
सातै प्रदेशमा केवलकार निर्माणको नेतृत्व गरेका ढकाललाई खप्तडमा पनि केवलकार निर्माणका लागि टोलीले आग्रह गरेको छ ।
यही जेठ २३, २४ र २५ खप्तडमा आयोजना हुने प्रवद्र्धन कार्यक्रममा अध्यक्ष ढकाल लगायत महासंघलाई टोलिले निमन्त्रणा समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्