Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकले दृश्य लाउन्जमा १५ प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २, मंगलवार १२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र नयाँ बानेश्वर, काठमाडौंस्थित दृश्य लाउन्ज प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने
समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट
बैंकका ग्राहकहरु लाभान्वित हुनेका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री
सुसविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभिर फैलिएका आफ्ना १ सय ८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १ सय ३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङबाट सेवाहरु प्रदानगर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्