Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९० करोडमा सिमित

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारका दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक १६.९६ अंक घटेर १८२१.६४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेको छ।

दिनभरीमा २६३ कम्पनीको २२ हजार ६८७ पटकको कारोबारमा ८९ करोड ९० लाख ९२ हजार रुपैयाँ बराबरको २७ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भए । कारोबारमा आएको ४० कम्पनीको सेयर मूल्य बढेको छ । १६९ कम्पनीको सेयर मूल्य घटेको छ भने, ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज नेप्से परिसूचक घटेपनि आत्मनिर्भर लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसदिन लघुवित्तको सेयर मूल्य ६६ रुपैयाँ १० पैसा बढेर ७२७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। अन्य कम्पनीको सेयर मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। कम्पनीको ५ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, हिमालयन डिस्टिलरीको ४ करोड ५९ लाख, एनआइसी एशीया बैंकको ४ करोड ५७ लाख, शिवम् सिमेन्टको ३ करोड ६० लाख र नबील बैंकको ३ करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन लगानी उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्