Skip to content
Shikhar Insurance
National Life

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री खुल्ला, कसले कति कित्तासम्म आवेदन दिन पाउँने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेड आज (बैशाख ३१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्काशन गरेको हो । लगानीकर्ताले कम्पनीको सो आईपीओमा जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्