Skip to content
Shikhar Insurance
National Life

टेलिकमले ९ महिनामा कमायो करिब साढे पाँच अर्ब नाफा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे पाँच अर्ब रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चैत मसान्तसम्ममा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधीमा कम्पनीको नाफा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ थियो । अर्थात टेलिकमको नाफा २ करोड ३४ लाख रुपैयाँले घटेको हो । कम्पनीले चालु आवको नौ महिनामा २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ सञ्चालन आय गरेको छ । जुन गत आवको सोही अवधीमा २८ अर्ब २१ करोड ९६ लाख रुपैयाँ थियो । अर्थात टेलिकमको सञ्चालन आय ८७ करोड २९ लाख रुपैयाँले घटेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको कुल आय भने बढेर ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ पुगेको छ। डेटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डेटातर्फ करिब ७७ करोड ५० लाख २६ हजार रुपैयाँले वृद्धि भएको छ । कार्य संचालन आयमा वृद्धि भएका कारण कम्पनीको खुद मुनाफा घटेको टेलिकमले जनाएको छ।

टेलिकमले विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ५ करोड ४६ लाख विदेशी विनिमय आम्दानी भएको उल्लेख गरेको छ। बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँले वृद्धि भएको जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्