Shikhar Insurance
National Life

अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन लचिलो नीति लियौं- गभर्नर

सिंहदरबार संवाददाता
२०८० बैशाख २९, शुक्रबार १४:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन लचिलो निति लिएको बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्सार्वजनिक गरेपछि पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीतिको समिक्षाबाट अघि सारिएको लचिलो नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको पनि बताए । ‘अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्न लचिलो नीति लिएका हौं, यो नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरेका छौँ’गभर्नर अधिकारीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बैंक दर १% घटाउने, ५ करोडसम्मका कर्जाहरुको पुनःतालिकिकरण, ऋणपत्रलाई सिडि रेसियोमा गणना गर्न पाउने लगाएतका नीतिले सुधारको काम गर्ने पनि उनले दावी गरे । राष्ट्र बैंकको ठिक नीतिका कारण अर्थतन्त्र जोगिएको दावी पनि उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्