Skip to content
Shikhar Insurance
National Life

टाटा मोटर्स्को नयाँ शोरुम अब भक्तपुरमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले भक्तपुरमा नयाँ शोरुम खोलेको छ । सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा तथा टाटा मोटर्स लिमिटेडका पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र द्वारा नयाँ शोरुमको उद्घाटन संयुक्त रुपमा गरेका छन् ।

शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गर्नुका साथै टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन समेत गरेको छ । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्भिस नेटवर्क नेपालभर फैलिएको कम्पनीले जनाएको छ ।

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिद्धार्थ शमशेर ज.ब.राले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताएका छन् ।

सो अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दै लगेकोे जनाए ।

उनले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आफूहरु विश्वस्त भएको कुरा समेत जानकारी गराए ।

उनले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरु सम्म पहुच हुने कुरा समेत व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्