काठमाडौं । जेठ महिनामा बैंकहरुले निक्षेपको ब्याजदर नचलाउने भएका छन् । बिहिबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको संघका उपाध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।
बैंकहरुले बैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एक अंकको सिमामा ल्याएका थिए । बैंकहरुले वैशाखदेखि व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झारेका थिए । हाल संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।
तरलताको अभाव बढ्दै जाँदा बैंकहरुले निक्षेपको ब्याजदर १२.३३ प्रतिशतसम्म पुर्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्