काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले टोप बहादुर रायमाझीलाई पक्राउ पुर्जी किन जारी गरेको भन्दै प्रश्न गरेका छन् । राजधानीमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले सोझै पैसा बुझ्नेहरुलाई छाडेर रायमाझी विरुद्ध पक्राउ पुर्जी किन जारी गरिएको हो ? भन्दै आक्रोश पोखेका हुन् ।
‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’, ओलीले आक्रोशित हुँदै प्रति प्रश्न गरेका छन् । प्रहरीले अपमानजनक रुपले पक्राउ गरेर दुर्व्यवहार गर्ने डरका कारण रायमाझी वेपत्ता भएको हुन सक्ने आशंका ओलीले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्