Skip to content
Shikhar Insurance
National Life

अख्तियारले लडाकु शिविर घोटालाको फाइल अघि बढाउनुपर्छः केपी ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले लडाकु शिविर घोटाला काण्डको फाइल अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाउन नहुने बताएका छन् । पार्टीको केन्द्रि कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले लडाकु शिविरमा भएको अरबौंकको घोटाला काण्डको अनुसन्धान फाइल अख्तियारमा रहेको तर मुद्धा दायर गर्न खुट्टा कमाएको आरोप लगाएका हुन् ।

‘क्यान्टनमेन्टका नभएका मानिसहरूका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ रु यी कुराहरू भएका छन्, आज होइन, पहिलादेखि नै हो । अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । यस्ता संस्थाहरू राजनीति प्रतिशोधका अस्त्र बनाउने ?’, ओलीले भनेका छन् ।

उनले कर्मचारीहरुलाई तलब खुवाउनै नसक्ने अवस्थामा मुलुक आईपुगेको तर फेरी पनि सरकारले बहिगर्मित लडाकुका नाममा पैसा बाडेर भ्रष्टाचार गर्न लागेको आरोप पनि लगाए । ‘अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ, घाइते अपांग, के के किस्ता किस्तामा भनिएको छ, अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ, अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटी निर्णय गरेको छ, माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैं लिने कामका लागि सुरु हुँदैछ, क्यान्टनमेन्टका सवालमा त्यस्ता कुराहरु पहिला पनि धेरै भएका छन् ।’, ओलीले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्