काठमाडौं । भ्रष्टाचारीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै विद्यार्थी संगठनहरु सडक प्रदर्शनमा उत्रिएका छन् । सत्तारुढ माओवादी केन्द्र र एकिकृत समाजवादी निकट विद्यार्थी संगठनहरुले भ्रष्टाचारीहरुलाई तत्काल पक्राउ गरि कारवाही अघि बढाउन माग गर्दै राजधानीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गरेका थिए । प्रदर्शनी मार्ग क्षेत्रको सडकम उत्रिएका उनीहरुले ‘म पनि बिरामी छु’ भन्दै एमाले सचिव टोप बहादुर रायमाझीलाई ब्यंग्य गरेका थिए ।
उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणसहित अन्य सबै ठूला काण्डहरुको छानविन गर्नुपर्ने माग गरेको अनेरास्ववियूका उप महासचिव अशोक थापाले बताए । छानविन प्रक्रियाबाट पछि नहट्न उनीहरुले नेपाल प्रहरीको नेतृत्वलाई खबरदारी समेत गरेको थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्