Skip to content
Shikhar Insurance
National Life

पूर्वगृहमन्त्री बालकृष्ण खाण र स्वकीय सचिव केसी पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । उनलाई बुधबार बिहान  काठमाडौंको जडिबुटीबाट प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बताए । यस प्रकरणमा अहिलेसम्म १२ जना समातिसकेका छन्।

पूर्वगृहमन्त्री खाण पक्राउ परेसँगै उनकी श्रीमती मञ्जु पनि यसमा आरोपी बनेकी छिन्। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्। उनलाई गिरफ्तारीको पत्र जारी भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्