Shikhar Insurance
National Life

सरकारले गर्याे एकैपटक ४४ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार १९:२०
Hyundai
NCELL
NIMB

काठमाडौं। सरकारले एकैपटकमा ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो ।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको हो । गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालालाई लोकसेवा आयोग सरुवा गरिएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जलस्रोत तथा ऊर्जा विकास कार्यालय, कर्णाली प्रदेशको मन्त्रालयका सहसचिव देवराज निरौलालाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पठाइएको छ।

संघीय मामिला तथा सामान्‍य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमै कार्यरत सहसचिव कृष्णप्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरूवा गरिएको छ ।

कोशी प्रदेशको मुख्‍यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव ज्ञानेन्द्र प्रासद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।

कोशी प्रदेशको मुख्‍यमन्त्री कार्यालयमा कार्यरत अर्का प्रदेश सचिव सुरेश न्यौपानेलाई कोशी प्रदेशकै नीति तथा योजना आयोगमा सरूवा गरिएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्