Shikhar Insurance
National Life

हाइड्रो पावरका सेयरको ‘लक इन पिरियड’ अध्ययन गर्न कार्यदल, बैंक जस्तै ५१ः४९ होला ?

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार १८:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाइड्रो पावर कम्पनीका संस्थापकहरुको सेयर लक इन पिरियडबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । बोर्ड सञ्चालक समिति सदस्य फणिन्द्र गौतमको संयोजकत्वमा गठित समितिमा अर्का बोर्ड सञ्चालक सुजन कुमार काफ्ले र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य सदस्य छन् । बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्माले सदस्य सचिवको जिम्मेवारी पाएका छन् ।

कार्यदलले आगामी ३ महिनाभित्र अध्ययन प्रतिवेदन तयार पार्नेछ । बोर्ड सञ्चालक समितिको २०७९ चैत १२ १९ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार अध्ययन कार्यदल गठन भएको हो । हाइड्रो पावर कम्पनीका संस्थापकहरुको सेयर आईपीओ जारी गरेको तीन वर्षपछि पुरै बिक्रि गर्न पाइने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थापकहरु सबै सेयर बेचेर हिड्न पाउने भएपछि बिकृति बढेको भन्दै आलोचना हुने गरेको छ । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुमा जस्तै संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउने वा सञ्चालकहरुका हकमा सेयर बेचेर निस्कन नपाउने लगायतका विकल्पको खोजी भैरहेको छ । बोर्डले हाइड्रो पावर कम्पनीहरुको सेयरमा हुने चलखेल रोक्न र कम्पनीहरुलाई थप अनुशासित बनाउन कार्यदल गठन गरेर अध्ययन अघि बढाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्