काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा स्थित अन्नपुर्ण केवल कार प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अन्नपुर्ण केवल कारमा २५% सम्मको आकर्षक छुट पाउनेछन् । साथै पोखरा स्थित सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकहरुका लागि अन्नपुर्ण केवल कारको टिकट निशुल्क उपलब्ध हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्