काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुँरास लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको १३.२७ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो ।
इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्सको २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ
प्रतिक्रिया दिनुहोस्