काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले ३३ करोड ६७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । यूनिटेक हाइड्रोपावरले एक सय रुपैयाँ मूल्य अंकित ३६ करोड ६७ लाख मूल्य बराबरको ३६ लाख ६७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
आईपीओ निष्काशन सम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरका तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरे । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचामा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणा गरिरहेको छ । उक्त आयोजनाको काम ९० प्रतिशत भन्दा बढि सम्पन्न भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्