Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकले भैरहवाको आफ्नै भवनबाट सुरु गर्यो सम्पूर्ण बैंकिङ्ग सेवा

Hyundai
NCELL
NIMB

रुपन्देही । एभरेष्ट बैंकको भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट हुने भएको छ । बैंकका अनुसार उक्त भवन आईतबारदेखि रुपन्देही जिल्लाकोको सिद्धार्थनगर नगरपालिकामा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु सञ्चालन गरेको छ ।

उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायब निर्देशक जिवन प्रकाश पाण्डे, जि।प्र।का रुपन्देहीका प्रहरी निरिक्षक सुरेश पन्त, बैंकका लुम्बीनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको धारणा व्यक्त गरे भने बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए ।

साथै सो समारोहमा बैंकले विगत २५ वर्ष देखी निरन्तर रुपमा बैंकसंग आवद्ध ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्