Shikhar Insurance
National Life

सिटिजन्स बैंकका ग्राहकले हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५ प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०८० बैशाख २१, बिहीबार १९:०३
Hyundai
NCELL
NIMB

पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेकसाइड पोखरा स्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।

समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्