Skip to content
Shikhar Insurance
National Life

अमेरिका बसेर नेपालमा अवैध अनलाइन जुवाको सञ्जाल विस्तार, करोडौ ठगीको आरोप

Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकामा बस्ने एक नेपाली गिरोहले नेपालमा अनलाईन जुवा खेलाएको तथ्य नेपाल प्रहरीले फेला पारेको छ । आफुहरु अमेरिकामा बस्ने र नेपालबाट ‘क्यासिनो’ प्रकृतिको अनलाइन ‘जुवा’ खेलाउदै आइरहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो ।

प्रहरीका अनुसार, नेपालमा जुवा खेलाउने गिरोहका मुख्य नाईकेहरुमा अमेरिकाको फोटवर्थ टेक्सास बस्ने अर्जुन नेपाल र ह्युस्टन टेक्सास बस्ने लोकनाथ आचार्य अर्थात कृष्ण आचार्य हुन् । उनीहरु डिभी परेर अमेरिका पुगेका थिए । यस्तै नेपालको बाग्लुङ स्थायी घर भएका अमेरिकाको ह्युस्टन टेक्सासमै बस्दै आइरहेका लोकनाथ आचार्यले अमेरिकामा रहेका नेपालीहरुसँग पैसा दोब्बर गरिदिने सर्तमा मोटो रकम उठाएर अनलाइन जुवा खेलाउन हुण्डीमार्फत नेपाल पैसा पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

अमेरिकामा रहेका अर्जुन र लोकनाथद्वारा परिचालित दिवस नेपालले नेपालमै बसेर अवैध धन कमाउने उद्देश्यले अनलाइन जुवा खेलाईरहेको थाहा हुन आएको छ । बेलकोटगडी नगरपालिका वाड नं ७, रातामाटे, नुवाकोटका अर्जुन नेपाल र फरार रहेका दिवस नेपाल नजिकका नातेदार हुन । उक्त घटनापछि प्रहरीले पक्राउ गर्न खोज्दा दिवश नेपाल काठमाडौं बौद्धको लामा पेट्रोल पम्प नजिकैबाट फरार भएको समेत स्रोतले जानकारी दिएको छ । नेपालमा बसेर जुवा खेलाउने दिवश नेपाल पनि बेलकोटगडी नगरपालिका वडा नं ७, रातमाटे नुवाकोट स्थायी घर भएका व्यक्ति हुन् ।

हालसम्म उनीहरूले अनलाईन जुवामार्फत करिब दुई लाख अमेरिकी डलर भन्दा बढी ठगी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुल्न आएको छ । उनीहरुको अनलाई जुवाबाट पिडित दिपेश कलाकोठीका अनुसार अनलाइन जुवा खेलाउन बिभिन्न गेमका ‘एप्स’ बनाउन पर्ने र सो कामका लागि नेपालमा कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएका युवाहरुलाई चाँडो पैसा कमाउन सक्ने प्रलोभन देखाई ‘साइवर क्राइम’ अन्तर्गतको अनलाइन ‘जुवा’ खेलाउने गरेका छन् ।

यो गिरोहका नाइकेहरुले अमेरिकामा सामाजिक काम गरिरहेका विभिन्न नेपाली संघ सस्थाहरुमा संलग्न हुने र यहि बहानामा अन्य नेपालीहरुसँग सम्पर्क बढाउने र पैसा दोब्बर गरिदिने प्रलोभन देखाएर पैसा लिने गरिरहेको तथ्य खुलेको छ । यस गिरोह मध्येका मुख्य नाइके अर्जुन नेपाल अमेरिकाको टेक्ससको सामाजिक संस्था नेपाली समाज टेक्सास (एनएसटी)का कार्यकारी सदस्य समेत हुन । गैरकानूनी अनलाईन जुवामा नेपालको नाम मुछिएपछि एनएसटीले अहिले नेपालको बचाउमा लागेको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ । तर अमेरिकामा रहेको धेरै नेपालीहरु आवद्ध उक्त संस्थाले गैरकानूनी क्रियाकलापमा लागेका व्यक्तिको बचाउनमा लाग्नु एकदमै दुखःद भएको र त्यसले सिंगो नेपालीको स्वाभिमान माथि दाग लाग्ने समेत ती नेपालीले जानकारी दिए । त्यसैगरी लोकनाथ आचार्य ह्युस्टनमा रहेका सामाजिक गतिविधिमा क्रियाशील रहेका छन् ।

नेपालीको हितमा काम गर्ने सामाजिक सस्थामा संलग्न हुँदै नेपालीलाई नै ठगी गरिरहेको यो ‘गिरोह’ले टेक्ससमा रहेका नेपालीहरुबाट व्यक्तिगत सम्बन्ध र विश्वासका आधारमा रकम लिने र लिएको रकम फिर्ता नगर्ने अनुशन्धानमा लागेको प्रहरीले बताएको छ । त्यसैगरी नेपालमा दिवस नेपालसँगै पवन बोहराले पनि उक्त कार्य गर्दै आएको अनुसन्धानबाट खुलेको छ । तर बोहोरा पहिले नै फरार छन । हाल प्रहरीले फरार रहेको नेपालीका साथै अर्जुन नेपाल र लोकनाथ आचार्य लगायतहरुमाथि अनुसन्धान गरिरहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्