काठमाडौं । बैशाख २४ गतेबाट संसदको बजेट अधिवेशन सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको अधिवेशन बैशाख २४ गते अपरान्ह ४ बजेका लागि डाकेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवशेन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
यहि अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश हुनेछ । त्यस्तै जेठ १५ गते आगामी आर्थिक बर्षको बजेट समेत सार्वजनिक हुनेछ । संसदको हिउँदे अधिवेशन गत शुक्रबार अन्त्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्