काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा साताको चौथो कारोबारको दिन सुनचाँदीकै मूल्य बढेको छ । बुधबार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा खरिबिक्री भएको थियो ।
त्यसैगरी, बुधबार तेजावी सुन प्रतितोला १ हजार ७ सय ५० रुपैयाँले बढेर १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। यसदिन चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन अर्थात मंगलबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भएको थियो।
महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मुल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्