चितवन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पटिहानी, चितवन स्थित जंगल भिल्ला रिर्सोट लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।
यो समझदारीपत्रमा हस्ताक्षर भएपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जंगल भिल्ला रिर्सोटमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास रहेको बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्