चितवन । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भ्रष्टाचारका पुराना सबै फाइलहरु खोल्ने घोषणा गरेका छन् । चितवनमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारसँग सम्बन्धीत सबै पुराना फाइलहरु खोल्ने बताएका हुन् ।
उनले रास्वपा सभापति रबि लामिछानेलाई सरकारमा आउन आग्ह गर्दै अघि भने–‘बाहिर खपतका लागि भन्नु भएको होला, अहिलेको सरकारले भ्रष्टाचारका फाइल नखोल्ने भनेको पनि छैन्, हाम्रो घोषणा पत्र र न्युनतम साझा कार्यक्रमको दस्तावेजमा पनि भ्रष्टाचारका बारेमा प्रष्टसँग भनेको छ । उहाँ आउनुस्, भ्रष्टाचारको कुन चाँही फाइल खोल्न पर्यो म तयार छु ।’ प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्