Skip to content
Shikhar Insurance
National Life

लगानीकर्ताको पहिलो प्राथमिकतामा नयाँ स्टक र ब्रोकर लाइसेन्स, अरु के के मागे ?

Hyundai
NCELL
NIMB

काठमाडौं । निरन्तर घट्दो बजारका बिच मनोवैज्ञानिक रुपमा त्रसित बनिरहेका पुँजी बजारका लगानीकर्ता सम्वद्ध चार वटा संगठनका नेताहरुले सोमबार बिहानै अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटे । एका बिहानै मन्त्री क्वाटरमै पुगेका उनीहरुले नेपालको पुँजी बजारको अर्थतन्त्रमा भूमिका, राजश्वमा दिएका योगदान र अहिले खस्किरहेको लगानीकर्ताको मनोविज्ञानबारे अर्थमन्त्री डा. महतलाई सविस्तार सुनाए ।

अर्थमन्त्री डा. महतलाई भेट्न नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यावाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल मन्त्री क्वाटर पुगेका थिए । उनीहरुसँगै इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार पनि थिए ।

उनीहरुले अर्थमन्त्री डा. महतलाई सबै भन्दा पहिलो पुँजी बजारको आधारभूत तथ्यांक सुनाएका थिए जसमा ५६ लाख ५० हजार डिम्याट खाता, १६ लाख भन्दा बढी टिएमएस प्रयोगकर्ता, विगतमा ४४ खर्ब पुँजीकरणमा पुगेर हाल २७ खर्ब ५० अर्बमा बजार पुँजीकरण झरेको, नेपालको बार्षिक बजेट भन्दा २ गुणा ठूलो आकारको पुँजी बजार, कुल जनसंख्याको १५ प्रतिशत हिस्सा पुँजी बजारमा संलग्न र राजश्वमा बार्षिक १५ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेको विवरण समावेश गरे ।

पुँजी बजारको सम्भावनालाई उजागर गरिसकेपछि उनीहरुले आफ्ना ६ बुँदे माग अघि सारे । जसकोक पहिलो बुँदामै नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अवरोध बिना अघि बढ्नुपर्ने उल्लेख छ । ‘लगानीकर्ताहरुको प्रमुख मागको रुपमा रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज, र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गर्दछौं’, लगानीकर्ता संघ संगठनहरुको माग पत्रमा भनिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्