Shikhar Insurance
National Life

नेप्सेमा दुई लघुवित्तको सेयर सूचिकृत, ओपनिङ्ग रेन्ज कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १७, आईतवार १४:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दुई लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो ।

दुबै लघुवित्तको सर्वसाधारणलाई निष्काशन गरेको सेयर र संस्थापकहरुले लगानी गरेको सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको २ लाख ३ हजार ३८० कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता सेयर गरी कुल ६ लाख २३ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ३७१ रुपैयाँ ८२ देखि एक हजार ११५ रुपैयाँ ४६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा मंगलबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ ।

त्यसैगरी, बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ९७ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता सेयर गरी कुल ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा मंगलबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्