Skip to content
Shikhar Insurance
National Life

२०० प्रतिशत हकप्रद निष्काशन गर्दै आँखुखोला जलविद्युत कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीको बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हकप्रद सेयरबापत प्राप्त ९६ करोड रुपैयाँ सो आयोजनामा लगानी गर्नेछ भने बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्नेछ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद सेयर निष्काशन गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्