काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो।
कम्पनीको बैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको ५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।
यो प्रस्ताव सरकार र बिमा प्राधिकरणले अनुमति दिएपछि साधारण सभामा पेश हुने छ । सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्