Skip to content
Shikhar Insurance
National Life

‘डिजी-पे’मा विभिन्न सुबिधा, छुटका साथै डिजिटल र नगद दुवैमा कारोबार गर्न मिल्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । “डिजी-पे”ले नेपाली फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा तथा व्यावसायिक प्रवर्द्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ ।

यसमा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्ने, प्राविधिक दक्षताबिना आबद्ध हुनसकिने, भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्‍न आम्दानीको स्रोतको रूपमा उच्चतम
नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीले जनाएको छ ।

“डिजी-पे”मा स्थानीय व्यवसायी साझेदार  योजना मार्फत विभिन्‍न व्यवसायीसँग फ्रान्चाइजीको सहकार्य रहेको र व्यवसायको थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरुमा समेत आह्वान गरिरहेको, फ्रान्चाइजीको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी “डिजी-पे”मा निःशुल्क आबद्द गराउनु रहेको कम्पनीले जनाएको छ ।

यसका लागी “डिजी-पे” ले विभिन्‍न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको, फ्रान्चाइजीहरूले “डिजी-पे” सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको टार्गेट पुरा भएको अबस्थामा
प्रति महिना ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सकने कम्पनिका अध्यक्ष दिवाकर बहादुर पाण्डे जनाएका छन् ।

“डिजी-पे” मा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्‍न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुनाफा आर्जन गर्न सक्‍ने, आवद्द हुँदा ५०० टपअप र सेवा शुल्कमा छुट, बिभिन्न राष्ट्रीय टेलिभिजन तथा दैनीकमा सहुलियत दरमा विज्ञापन प्रशारण, स्टार हस्पिटलको ८२५ को दुई वटा ओ.पी.डी. टिकटका साथै बेड तथा स्वास्थ्य परीक्षणमा विशेष छुटको व्यवस्था रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्