Skip to content
Shikhar Insurance
National Life

पशुपालनबाट आत्मनिर्भर बन्दै दङ्गालका दम्पती, वार्षिक साढे २ लाख बराबरको घाँसको बीउ बिक्री

Hyundai
NCELL
NIMB

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेमा एउटा परिवार आफ्नै मेहनतमा रमाइरहेको छ । पैसा कमाउन विदेश जानुभन्दा पनि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण भोर्लेका प्रवीण दङ्गालको दम्पतीले प्रस्तुत गरेका छन् । सरकारी वा गैरसरकारी क्षेत्रको जागिरभन्दा पनि आफ्नै मेहनतमा धेरै पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले दङ्गालले चार वर्ष अगाडिदेखि व्यावसायिकरुपमा गाईपालन गर्दै आएका छन्।

अहिले घाँस नपाउने समयमा पनि प्रवीण र उनकी श्रीमती रमाले ९ वटा गाई पालेका छन् । गोठमा लस्करै गाई बाँधिएका छन् । गाईपालनबाट आम्दानी पनि राम्रै हुने गरेको छ । पछिल्लो समयमा ढुटो, चोकर, दाना, परालको मूल्य बढे पनि गाईको दूध बिक्रीबाट वार्षिक १३ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।

गाईलाई घाँस काट्ने, दाना पानी दिने, दूध दुहुने, सरसफाइलगायत सबै काम श्रीमान् श्रीमतीले भ्याएकी छिन । स्नाकोत्तर तहसम्मको पढाइ भए पनि आफ्नै मेहनतबाट खुसी मिलेको दङ्गाल बताउँछन् । भोर्लेमा बहुदेशीय कृषि तथा पशुपालन फार्म खोलेर उनले गाईपालनको काम सुरु गरेका हुन् । आफ्नै गोठ नजिकको दुई बिघा बारीमा घाँस लगाएर त्यही घाँस गाईलाई खुवाउने गरिएको छ । बारीमा मकै र अरु अन्न बालीभन्दा पनि घाँस लगाउँदा बढी फाइदा पुग्ने गरेको दङ्गाल बताउँछन्। उत्पादित घाँस आफ्ना गाईलाई खुवाउनाका साथै घाँसको बीउ पनि बिक्री वितरण हुँदै आएको छ । वार्षिक २ लाख ५० हजार बराबरको घाँसको बीउ पनि बिक्री हुुने गरेको छ । अहिलेको सुक्खा याममा समेत दैनिक ३० लिटर दूध नजिकैको सहकारीमा बिक्री हुँदै आएको छ ।

निकै मेहनती दङ्गाल दम्पतीलाई गाईपालनमा थप सहज होस् भनेर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्ले बहुदेशीय कृषि तथा पशुपालन फार्मलाई १ लाख अनुदान गत आर्थिक वर्षमा दिएको थियो । त्यो अनुदान रकमबाट पानी तान्ने पम्प र घाँस काट्ने उपकरण खरिद गरिएकाले धेरै सहज भएको कृषक दङ्गाल बताउँछन् । स्वदेशमा नै केही मिहेनत गरेर आयआर्जनमा जोडिनका लागि गाईपालन गर्ने युवालाई सहयोग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई जोड दिन्छन्। हरेक क्षेत्रका युवालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले अनुदानका कार्यक्रम ल्याइएकोउनको भनाइ छ ।

यस परिषद्को सानो अनुदान रकमले पनि युवामा स्वदेशमा नै मेहनत गर्ने र आम्दानी गर्ने परिपाटीको विकास गर्न पनि सहयोग पुगेको उपाध्यक्ष चौलागाई उल्लेख गर्छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्