Shikhar Insurance
National Life

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा.बरमेजो नेपाल आउँदै, कस्तो छ पाँचदिने कार्यतालिका ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १५, शुक्रबार १२:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन्।

महासंघ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको सस्था हो । महासंघमा विश्वका एक सय ४२ देशका परिवार नियोजन संघ आबद्ध छन् । नेपाल परिवार नियोजन संघले पनि उक्त महासंघको सदस्यता प्राप्त गरेको छ । सङघले सन् १९६० मा यस महासंघको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै संघले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा कार्य गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासंघबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासंघका उच्च नेतृत्वबाट यो तहको दोस्रो पटक नेपाल भ्रमण हुन लागेको संघले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा बरमेजोको द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको सघद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । पाँचदिने नेपाल भ्रमणका क्रममा महानिर्देशक डा बरमेजोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी भ्रमणको क्रममा उनले संघको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं संघद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनेछन् । सोही क्रममा उनले मोरङको विराटनगरस्थित संघको शाखा कार्यालय, सुनसरी इटहरीस्थित संघको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । महानिर्देशक डा बरमेजोले भ्रमणका दौरानमा संघका साझेदारी संंघ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाइएको छ ।

मूलतः गरिब, सीमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासंघले विश्वभर आफ्ना सदस्य–संघमार्फत लगानी गर्दै आएको छ । हाल संघले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ । परिवार योजना सेवामा संघको राष्ट्रिय योगदान तथा सीमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्याउन संघले गरेको योगदान उल्लेखनीय रहेको छ ।

संघका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत तथा जोखिम समुदायका रहेका छन् । कोरोना महामारीका बीचमा पनि संघले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो ।

यसैगरी, संघले पछिल्लो समयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल तथा लेजर थेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । साथै, टेष्टयुब बेबी तथा बाँझोपन उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ ।

महानिर्देशक डा बरमेजोको नेपाल भ्रमणले नेपालमा परिवार नियोजन सेवा तथा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा संघले गरेको छ । महासचिवको भ्रमणले नेपालको दुर्गम क्षेत्रमा बसोबास गर्ने तथा सेवाको पहुँचबाट वञ्चित सेवाग्राहीमा सेवाको पहुँच बढाउन तथा उनीहरुको प्रजनन स्वास्थ्यको अधिकारलाई स्थापित गर्नको लागि सहयोग पुग्ने अपेक्षा संघले गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको तत्कालीन मन्त्रिमण्डलमा महिला सहायकमन्त्री द्वारिकादेवी ठकुरानीले नेपाल परिवार नियोजन संघको स्थापना गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्