काठमाडौं । नेपाल राष्ट्र बैंकको ६८ औं बार्षिकोत्सवका अवसरमा पाँच जना कर्मचारी पुरस्कृत भएका छन् । राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा यस बर्षदेखि कुशल कार्यसम्पादनका साथै बैंकको मर्यादा र प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना कर्मचारीलाई ‘नेपाल राष्ट्र बैंक सेवा पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो ।
सर्वाेत्कृष्ठ कर्मचारीको पुरस्कार भने सूचना प्रविधि विभागका उप निर्देशक रामनाथ पण्डितले हात पारे । उनले प्रमणपत्रसहित नगद एक लाख रुपैयाँ समेत प्राप्त गरे । उत्कृष्ठ चार कर्मचारीहरुमा विदेशी विनिमय विभागका उप निर्देशक, मणिराज श्रेष्ठ, पोखरा कार्यालयको सहायक निर्देशक यशोदा पोखरेल, गभर्नर कार्यालयका प्रधान सहायक लाल कुमार सुवदी र जनशक्ति व्यवस्थापन विभागका कार्यालय सहयोगी झन प्रसाद कोइराला छन् । उनीहरुले प्रमाणपत्रसहित जनही ५०/५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्