Skip to content
Shikhar Insurance
National Life

कच्चा पदार्थ र बजार अभावमा हाते कागज उद्योग संकटमा

Hyundai
NCELL
NIMB

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङ नजिकै रहेको हाते कागज उद्योग लोक्ता अभावले संकटमा परेको छ । वनमा लोक्ता पाउन छोडेपछि वरुण कागज उद्योग सञ्चालनमा समस्या भएको हो ।

वनमा कच्चा पदार्थ पाउन छाडेपछि हाते कागज उद्योग सञ्चालनमा समस्या भएको सञ्चालक रुद्रबहादुर गुरुङले बताए। डिभिजन वन कार्यालयबाट कच्चा पदार्थ संकलनका लागि पूर्जी लिनुपर्ने व्यवस्था भए पनि त्यस बराबरको लोक्ता वनमा पाउन छोडेपछि अप्ठ्यारोमा परेको उनले उल्लेख गरे। जिल्लामा हाते कागज प्रयोग नहुँदा काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको गुरुङले गुनासो गरे।

जिल्लाको भोटखोला, मकालु गाउँपालिका र धर्मदेवी नगरपालिकाको माथिल्लो क्षेत्रमा केही वर्ष अगाडि प्रशस्त लोक्ता पाइन्थ्यो । तर पछिल्लो समय ती क्षेत्रमा पनि लोक्ता पाउन छोडेको उनको भनाइ छ । पछिल्लो समय यसको संरक्षणको अभावमा कम हुँदै गएका कारण कागज उत्पादनमा समस्या भएको हो ।

हरेक वर्ष वरुण कागज उद्योगमा तीन चार सय कोरी कागज उत्पादन हुने गरेको छ । जसमा एक कोरीमा दुई सय पाना हुने गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा संकटमा परेको सञ्चालक गुरुङले बताए।

उनका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा संकटमा परेको हो । लोक्ता संकलन गर्न प्रतिकेजी ५ रुपैयाँ राजस्व लाग्छ । नेपाली हाते कागजले बजार नपाउँदा कागज उद्योग सञ्चालनमा समस्या भएको उद्योगी बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्