Shikhar Insurance
National Life

राष्ट्र बैंकको मौनताले सीएसआरको रकम प्रहरीलाई बुझाउँदै बैंकहरु, लक्ष्मी बैंकले पनि दियो २५ लाख

सिंहदरबार संवाददाता
२०८० बैशाख ११, सोमबार १७:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वको रकम दुरुयोग गर्ने बैंकहरुको सूचिमा लक्ष्मी बैंक पनि उभिएको छ । नेपाल राष्ट्र बैैंकले गरिब, पिछडिएको क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार निर्माणका लागि भन्दै नाफाको एक प्रतिशत रकम संस्थागत उत्तरदायित्वमा खर्च गर्न भनेको थियो । तर पछिल्लो समय बैंकहरुले सुरक्षा निकाय रिझाउने माध्यमका रुपमा सीएसआरको रकमलाई प्रयोग गर्दै आएका छन् ।

यसअघि ग्लोबल आइएमई, एभरेष्ट र राष्ट्रिय बाणिज्य बैंकले नेपाल प्रहरीका सन्तानलाई छात्रवृद्धि दिन भन्दै लाखौं रकम बुझाएका थिए । सोही सूचिमा अब लक्ष्मी बैंक पनि थपिएको छ । सनराइज बैंकसँग मर्जरको तयारीमा रहेको लक्ष्मी बैंकले नेपाल प्रहरी कल्याण कोषसँग २५ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सम्झौता गरेको हो । बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता पनि जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ। बैंकका अनुसार सहिद, अवकाश प्राप्त,अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारलाई छात्रवृत्ति दिइनेछ।

छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ। बैंकले आर्थिक सहयोग गर्नेछ। सम्झौतामा बैंकका रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरी नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन्।

कार्यक्रम प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्