Shikhar Insurance
National Life

बाणिज्य बैंकहरुको आरओई ११.१९ प्रतिशतमा झर्यो, एनआईसी एशियाको धेरै, कस्को कम ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ११, सोमबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । बाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी(आरओई) ११.१९ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको चैत मसान्त अवधीसम्ममा २१ बाणिज्य बैंकहरुको औषत आरओई ११.१९ प्रतिशतमा सिमित भएको हो । पुस मसान्त अवधीसम्ममा यीनै बैंकहरुको औषत आरओई ११.३६ प्रतिशत थियो ।

बैंक बिरोधी आन्दोलनका कारण तेश्रो त्रैमासिकमा उत्साहप्रद नाफा कमाउन असफल भएका बैंकहरुमध्ये सबै भन्दा धेरै आरओई भने एनआईसी एशिया बैंकै छ । यो बैंकको आरओई २१.४८ प्रतिशत छ भने दोस्रो स्थानमा रहेको स्ट्याण्डर्ड चाटर्ड बैंकको आरओई २१.१२ प्रतिशत छ । तेश्रो नम्बरमा भने एभरेष्ट बैं परेको छ र उसको आरओई १५.३१ प्रतिशत छ । चौथो नम्बरमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक परेको छ, जसको आरओई १५.२१ प्रतिशत छ ।
सबै भन्दा कम आरओई भने कृषि विकास बैंकको ४.४४ प्रतिशत छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २१ बाणिज्य बैंकमध्ये एक तिहाई अर्थात ७ वटा बैंकहरुको नाफा वृद्धि हुन सकेको छैन् । वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमामसम्ममा (अपरिस्कृत वित्तीय विवरण) ४८ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

गत आर्थिक वर्षको यहि अवधीमा त्यस्तो नाफा ४३ अर्ब ६१ करोड रुपैयाँ थियो । यसरी हेर्दा बैंकहरुको नाफा ११.६७ प्रतिशतले वृद्धि नै भएको देखाउँछ । तर बैंकहरुले यसपाली ९ महिनामा कमाएको नाफामा मर्जर तथा प्राप्तिबाट आएको रकमको हिस्सा पनि ठूलो छ ।

बैंकहरुको नाफा ४८ अर्ब ७० करोड पुगे पनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १० अर्ब २२ करोड मात्रै छ । कृषि विकास बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको भने नियामकिय व्यवस्थापछि सेयरधनीलाई बाँड्न मिल्ने रकम नोक्सानीमा छ ।

२१ वटै वाणिज्य बैंकको निष्कृय कर्जा ठूलो मात्रामा बढेको देखिन्छ । यसपाली बाणिज्य बैंकहरुको खराब कर्जा औषतमा ३.०३ प्रतिशत पुगेको छ । खराब कर्जाको औषत वृद्धिदर नै १.८१ प्रतिशत पुगेको देखिन्छ ।
तिमध्ये पनि कृषि विकास बैंक ४.३५, हिमालयन बैंक ४.५६ र नेपाल बैंक ४.१६ पुगेको छ ।

ति बाहेक कुमारी बैंकको खराब कर्जा ३.९७ प्रतिशत छ भने नबिलको ३.८७ प्रतिशत छ । नेपाल इन्भेष्टमेण्ट मेगाको ३.९४ प्रतिशत पुग्दा ग्लोबल आइएमईले पनि ३.९६ प्रतिशत छोएको छ । प्रभु बैंकले ३.४८ प्रतिशत कायम गरेको छ । कुमारी, नबिल, हिमालयन, ग्लोबल, प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगाले पनि मर्जर तथा प्राप्तिका कारण खराब कर्जाको आँकडा बढाउन बाध्य भएका हुन् । यी बाहेक सिद्धार्थ ३.९५, प्राइम कमिर्सयल बैंक ३.०६, सिटिजन्स बैंक ३.९८, सनराइज ३.६२ र राष्ट्रिय बाणिज्य बैंक ३.८८ प्रतिशत छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्