काठमाडौं । बीमा व्यवसाय प्रति विश्वास घटिरहेका बेला नेको इन्स्योरेन्स भने दावी भुक्तानीमा आक्रामक बनेको छ । कम्पनीले चालु आर्थिक वर्षका ९ महिनामा एक अर्ब २७ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीले कुल दावीको ७० प्रतिशत भुक्तानी गरेको बताएको छ । आर्थिक वर्ष सुरुहुँदा कम्पनीमा पुराना ३ हजार ९ सय ७३ दावी भुक्तानी गर्न बाँकी थियो । कम्पनीले चैत मसान्त अवधीसम्ममा ८ हजार ९ सय ५९ वटा दावी वापत एक अर्ब २७ करोड भुक्तानी गरेको हो ।
सोमध्ये २ हजार। २ सय ३० वटा दावी कृषि बीमाका थिए । कृषि बीमाको दावी वापत कम्पनीले १० करोड रुपैयाँ भन्दा बढी भुक्तानी दिएको छ । कम्पनीले बीमितको सुविधाका लागि गत पाँच वर्षदेखि ठाउँको ठाउँ दाबी भुक्तानी सेवा समेत सञ्चालन गर्दै आएको छ । दाबी भुक्तानीका लागि पेश गर्न बाँकी रहेको कागजपत्र पेश गरेर दाबी भुक्तानी लैजानका लागि कम्पनीले बीमितसँग अनुरोध पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस्