Shikhar Insurance
National Life

पुँजी बजारमा ‘भाइब्रेशन’ ल्याउँदै सरकार, १२ करोडको सिमा र १५० प्रतिशत जोखिम हटाउने तयारी

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले पुँजी बजारमा ‘भाइब्रेशन’ ल्याउने तयारी गरेको छ । अर्थतन्त्रको बाह्य क्षेत्र सन्तोषजक अवस्थामा आईपुगेपछि आन्तरिक क्षेत्र नसुध्रिएपछि सरकारले सेयर बजार चलाउन लागेको हो । सेयर बजारमा २० लाख नेपाली नागरिक प्रत्यक्ष जोडिएको निष्कर्षसहित सरकारले उनीहरुको मनोबल बढाउने गरि नीतिगत सुधारको पहल थालेको हो ।

सरकारले केहि दिन अघि मात्रै घरजग्गा कारोबारमा सहजता ल्याउन जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको थियो । कित्ताकाट खोल्ने निर्णयले केहि सकारात्मक सन्देश दिएको निष्कर्षमा पनि अर्थका अधिकारीहरु पुगेका छन् । अब भने नेपाल राष्ट्र बैंकसँगको समन्वयमा पुँजी बजारमा भाइब्रेशन ल्याउन लागिएको हो । ‘बाह्य क्षेत्र ठिकठाक छ, कित्ताकाट खोल्ने निर्णयले घरजग्गा कारोबारमा केहि राम्रो गरिरहेको छ, अब २० लाख नेपाली प्रत्यक्ष जोडिएको पुँजी बजारलाई पनि चलाउनुपर्छ भन्ने निष्कर्षसहित काम भैरहेको छ’, नेपाल राष्ट्र बैंक उच्च स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्रोतका अनुसार सरकारले जग्गाको कित्ताकाट खोल्ने निर्णय पनि नेपाल राष्ट्र बैंकको सुझाव अनुसार नै गरेको हो । ‘आन्तरितक अर्थतन्त्र चलायमान बनाउन अहिलेका लागि घरजग्गापछि पुँजी बजारमै भाइब्रेशन ल्याउनुपर्छ, २० लाख नागरिकको मनोबल बढ्यो भने त्यसले निकै राम्रो सन्देश जानेछ’, अर्थमन्त्रालय स्रोतले भन्यो ।

हाल सेयर धितो कर्जामा अधिकतम १२ करोडको सिमा छ, त्यसलाई हटाउनुपर्ने माग लगानीकर्ताहरुले निरन्तर उठाउँदै आएका छन् । त्यस बाहेक सेयर धितो कर्जाको भारित औषत जोखिम १५० प्रतिशत कायम गरिएको छ, त्यसलाई पनि घटाएर १०० प्रतिशतमा झार्न सकिए पुँजी बजारमा सकारात्मक सन्देश स्थापित हुने लगानीकर्ता संघ संगठनका नेताहरुले बताउँदै आएका छन् ।

अब ब्याजदर घट्दै जानेछ भन्ने सन्देश दिन सक्दा त्यसले लगानीकर्ताहरुको मनोबल थप बलियो बनाउने लगानीकर्ताहरुको बुझाई छ । ‘१२ करोडको सिमा हटाउनुपर्छ, १५० प्रतिशतको भारित औषत जोखिमलाई १०० प्रतिशतमा ल्याएर ब्याजदर घट्छ भन्ने सन्देश दिन सकिए सेयर बजारका लगानीकर्ताहरुको मनोबल बढ्नेछ’, सेयर लगानीकर्ता संघ, नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्