Shikhar Insurance
National Life

नयाँ स्टकमा ठूला घरानाबीच कुरा मिलेन्, छुट्टा छुट्टै भिड्दै, हिमालयनको आवेदन

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार १९:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज स्थापनाका बिषयमा ठूला व्यवसायीक घरानाहरु बीच कुरा नमिलेको स्पष्ट भएको छ । यस अघि शंकर ग्रुप, बिशाल ग्रुप, आइएमई ग्रुपसहितको सहभागीतामा एउटै कम्पनी बनाएर आवेदन दिने भनिएको थियो । तर आवेदन दिने समय सकिन एक दिनमात्रै बाँकी रहँदा शंकर ग्रुपको अगुवाईमा छुट्टै आवेदन परेको छ । नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार शुक्रबार हिमालयन स्टक एक्सचेञ्जका नामबाट लाइसेन्सका लागि आवेदन परेको हो । ।

यस अघि पुनर्बीमा कम्पनीको लाइसेन्स लगेको हिमालयन रिका मुख्य लगानीकर्ताहरुको अगुवाईमा हिमालयन स्टक एक्सचेञ्जको फाइल तयार भएको हो । यसमा शंकर ग्रुपको मुख्य लगानी छ भने शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, दीपक भट्ट, विवेक दुगड, कुमुदकुमार दुगड, अमितकुमार मोर लगायतको लगानी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिशाल ग्रुप र आइएमई ग्रुपको नेतृत्वमा अर्काे आवेदन पर्ने पक्का भएको छ । जसमा कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहिया, केडिया समुहहरुको समेत संलग्नता रहन सक्नेछ । त्यसो त उपेन्द्र महतोहरुले पनि नयाँ आवेदन दिन सक्ने बताइएको छ । ठूला र प्रतिष्पर्धी बिजनेश हाउसहरुले मिलेर एउटै कम्पनीमा लगानी गर्ने अपेक्षा गरिएका बेला एकाएक माहोल बिग्रिएको स्रोत बताउँछ । ‘हिमालयन रिमा सुुसुप्त अवस्थामा रहेको कर्पाेरेट वार नयाँ स्टक एक्सचेञ्जसम्म आईपुग्दा खुलस्त भैसकेको छ, यसपाली ठूला घरानाहरु राम्रैसँग जुध्ने देखिन्छ’, स्रोतले सिंहदरबारलाई भन्यो ।

घरानाहरुका बीचमा कुरा नमिल्दा सर्वाेच्च अदालतमा मुद्धा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले पाँच महिनापछि नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने बाटो खोलिदिएपछि पुनः कर्पाेरेट वार आरम्भ भएको छ । पाँच महिनाअघि ४५ दिनको समय दिएर आवेदन माग गरिएको थियो । सर्वाेच्चले रोक्न आदेश दिएपछि त्यो प्रक्रिया अवरुद्ध थियो ।

नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ। कुल चुक्ता पुँजीको ३० प्रतिशत सर्वसाधारणका लागि जारी गर्नुपर्ने नियम रहेकाले संस्थापकहरुले ३ अर्बको ७० प्रतिशतले हुने २ अर्ब १० करोड रुपैयाँ लगानी गर्नुपर्छ ।
व्यक्तिलाई लगानी गर्न बन्देज लगाईएकाले कम्पनी मार्फत लगानी गर्नुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्