Shikhar Insurance
National Life

९ महिनामा ६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात, भारतबाट मात्रै ४ अर्ब ७१ करोडको आयात

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार १२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विद्युतीय सवारी साधानको आयात ६६.३९ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागको तथ्यांक अनुसार चैतमा मात्रै २ सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार ७ सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट एक सय किलोवाट क्षमताका तीन सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका दुई सय ४०, र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधान आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

समीक्षा अवधिमा भारतबाट मात्रै ४ अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।

७ अर्बका गाडी भित्रिए

चालू आर्थिक वर्षको ९ महिनामा करिब ७ अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा ६ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ ।

विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले १ अर्ब १६ करोड ५५ लाख २० हजार राजश्व संकलन गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्