Shikhar Insurance
National Life

नियम पालना नगर्ने ८ वटा बाणिज्य बैंकहरु राष्ट्र बैंकको कारवाहीमा, को को परे ?

सिंहदरबार संवाददाता
२०८० बैशाख ८, शुक्रबार १२:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम पालना नगर्ने ८ वटा बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियम पालना नगर्ने ८ वटा बाणिज्य बैंकहरुलाई लाखदेखि करोडसम्मको नगद गरिवाना गरेको हो ।
त्यसरी नगद जरिवानामा पर्ने बैंकहरुमा हिमालयन बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, नबिल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र कुमारी बैंक रहेका छन् ।

ग्लोबल आइएमई बैंकले भदौ–असोजमा सीडी रेसियो कटाएपछि ४ करोड ४२ लाख ४६ हजार ८ सय ३१ रुपैयाँ जरिवाना बुझाएको छ । नेपाल बैंकले साउन महिनामा सीडी रेसियो कटाएपछि १८ लाख ५९ हजार ७ सय ५२ रुपैयाँ जरिवाना तिरेको छ ।  राष्ट्रिय बाणिज्य बैंकले सम्पति शुद्धीकरण सम्बन्धी नियम पालना नगरेपछि १० लाख जरिवाना तिरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनसीसी बैंकका तत्कालिन सिईओ अमृत चरण श्रेष्ठलाई अधिकार क्षेत्र भन्दा बाहिर गएर ऋण प्रवाह गरेको भन्दै ५ लाख नगद जरिवाना गरेको छ । तत्कालिन सेञ्चुरी कमर्सियल बैंक तथा हालको प्रभु बैंकले साउन र भदौ महिनामा सीडी रेसियो पालना नगरेपछि २ करोड ८४ लाख ७ सय ३२ रुपैयाँ जरिवाना तिरेको छ ।

नबिल बैंकले साउन, भदौ र असोजमा सीडी रेसियो पालना नगरेपछि ६ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ जरिवाना बुझाउनु परेको हो । कृषि विकास बैंकले पनि भदौ महिनामा सीडी रेसियो कायम राख्न नसक्दा ६९ लाख ५८ हजार ८ सय ३१ रुपैयाँ जरिवाना तिरेको छ । हिमालयन बैंकले पनि भदौ महिनामा सीडी रेसियो कटाउँदा ७१ लाख ७२ हजार ९ सय ५९ रुपैयाँ जरिवाना तिरेको हो ।

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको स्थलगत निरिक्षणका क्रममा प्राप्त प्रमाणहरुका आधारमा कारवाही गरेको हो । आर्थिक वर्ष २०७९।८० मा गरेको गल्ति वापत यी बैंकहरुले कारवाही भोगेका हुन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्