काठमाडौं । साताको अन्तिम कारोबारकको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । ४ कारोबारको दिनपछि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहिबार पूनः ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहिबार १५.७३ अंकले घटेर १,९०४.४० को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.७९ अंकले घटेर ३६३.१२ को विन्दुमा बन्द भएको हो ।
बिहिबार नेप्से परिसूचक घटेपनि कालिञ्चो दर्शन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । सो कम्पनीको सेयर मूल्य ७४९ रुपैयाँबाट बढेर ८०७ रुपैयाँ ८० पैसा पुगेको हो । त्यसैगरी, मोलुङ्ग हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत, सनराइज ब्लुचिप फण्डको मुल्य ७.०६ प्रतिशतले बढेको छ । भने, बाँकी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको आर्दश लघुवित्त र एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड-२ को मूल्य १० प्रतिशतले घटेको छ ।
दिनभरीमा २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर ९८ करोड ३३ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बुधबार नेप्से १५.१३ अंकले बढ्दा ८७ करोड २१ लाख रुपैयाा बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ ।
कारोबारमा आएको ३३ कम्पनीको सेयर मूल्य बढेको छ । १७८ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मुल्य स्थिर छ ।
कारोबार रकमको आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको ५ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यसैगरी, कुमारी बैंकको संस्थापक सेयर ३ करोड ५३ लाख र एशियान लाईफ इन्स्यारेन्सको ३ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमाूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.५० प्रतिशतले घटेको छ।
प्रतिक्रिया दिनुहोस्