Shikhar Insurance
National Life

महासंघ प्रतिनिधिकाे गभर्नरसँग आग्रहः ‘सावाँ-ब्याज तिर्न सकेनाैं, कर्जा पुर्नसंरचनाको सुविधा दिनुस्’

सिंहदरबार संवाददाता
२०८० बैशाख ६, बुधबार १९:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको छ । अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रिय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको वताएका छन् ।

बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए ।  ब्याजदर घटाउ न केन्द्रिय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा ढकालले जोड दिए । यसैगरि निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावाँ ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्ने सुझाव अध्यक्ष ढकालले गभर्नर अधिकारी समक्ष राखे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुको खराब कर्जा समेत बढन सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा ढकालको जोड थियो । सो अवसरमा गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गरिने आश्वासन दिए । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्फत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गभर्नर अधिकारी गराए । साथै महासंघसंगको सहकार्य राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण रहेको उनले बताए ।

भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्