Shikhar Insurance
National Life

युनियन लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्नः १ः१ः१ स्वाप रेसियोमा मर्जरको अन्तिम प्रस्ताव पारित

सिंहदरबार संवाददाता
२०८० बैशाख ६, बुधबार १६:१७
Hyundai
NCELL
NIMB

भैरहवा । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा भैरहवामा सम्पन्न भएको छ । यो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरुलाई पारित गरेको छ ।

त्यसैगरी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै तिनबटै कम्पनिको सेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र ,सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने , चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनतयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही/प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पारीत भएको छ ।

यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पुँजी संरचना परीर्वतन लगायतका सम्पूर्ण प्रस्ताबहरु सर्वसम्मत रुपमा पारीत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्