Skip to content
Shikhar Insurance
National Life

अर्थतन्त्रमा देखापरेको दबाब कम गर्न नेपाली उद्योगीको सहयोग आवश्यक छः आपूर्तिमन्त्री रिजाल

Hyundai
NCELL
NIMB

पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमाथि देखापरेको दबाब कम गर्न उद्योगी व्यापारीको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे। उनले राजनीतिक अस्थिरता, कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण आर्थिक मन्दीको दुशचक्रमा फसेको नेपाललाई सहज अवस्थामा ल्याउन नेपाली उद्योगपति व्यापारीको सहयोग अति नै आवश्यक रहेको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकतालाई १२ महिनासम्म धान्न सकिने विदेशी मुद्राको सञ्चिति भए पनि विश्व मन्दिका कारण अर्थतन्त्रमाथि दबाब परेको उल्लेख गरे।

मन्त्री रिजालले उद्योगी, व्यापारी, राष्ट्र सेवक, राजनीति दल सबै पक्ष एकजुट भइ समस्या समाधानमा लाग्नुपर्नेमा जोड दिए। उनले उद्योग व्यापारका क्षेत्रमा विविध समस्या छन् र ती समस्यालाई ऐन कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न नेपाल सरकार तयार रहेको जानकारी दिए।

उद्योग व्यापारको विकास विना नेपाल र नेपाली समृद्ध हुन नसकिने भएकाले यी क्षेत्रमा देखिएको समस्यालाई चाँडोभन्दा चाँडो सम्बोधन गर्न उद्योगी व्यापारी र राष्ट्र सेवकको संयुक्त समूह नै गठन गर्न आफू तयार रहेको मन्त्री रिजालले बताए ।

मुलुकभित्र समस्या धेरै भए पनि वर्तमान सरकार पाँच वर्ष टिक्ने र देखिएको समस्यालाई विस्तारै भए पनि हल गर्दै जाने मन्त्री रिजालले विश्वास व्यक्त गरे। उनले समस्या नै समस्याको चाँड रहेको वर्तमान अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न सबै क्षेत्र सकारात्मक हुन आवश्यक रहेको विचार व्यक्त गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्