Shikhar Insurance
National Life

अर्थतन्त्र चलायमान बनाउने भन्दै सरकारले खुलायो जग्गाको कित्ताकाट

सिंहदरबार संवाददाता
२०८० बैशाख ५, मंगलवार २०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले अन्ततः जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन ।

‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ मन्त्री शर्माले भनिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुलाएको हो । प्रधानमन्त्री प्रचण्डले जग्गाको कित्ताकाट बन्द हुँदा अर्थतन्त्रमा शिथिलता आएको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्