काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई पुँजी बृद्धिका लागि तीन महिना समय थप गरिदिएको छ ।
बीमा प्राधिकरणलले यस अघि तोकिदिएको पुँजी बृद्धिको समय चैत मसान्तमा सक्किसकेको छ । बीमा प्राधिकरणले पुँजी वृद्धीको नीति ल्याएपछि थुप्रै बीमा कम्पनीहरु मर्जरमा गैसकेका छन् । प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सका हकमा भने प्रधिकरणले छुट्टै ब्यवस्था गर्दै पुँजीवृद्धिका लागि समय थपिदिएको हो ।
नेपाल इन्स्योरेन्सले आफ्नो सम्पती बेचेर पुँजी पुर्याउने प्रस्ताव प्राधिकरणमा पेश गरेको छ भने प्रभु इन्स्योरेन्सले विदेश सझेदार भित्र्याउने प्रतिवद्धता गरेको छ । सोही प्रतिबद्धतालाई हेरेर तिन महिना समय थप गरिएको प्राधिकरणका कार्याकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारलाई बताए ।
बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी पाँच अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी साँढे दुई अर्ब हुनुपर्ने व्यवस्था गरेको थियो । र त्यसको समय सीमा चैत मसान्तसम्म तोकिएको थियो । यी दुई कम्पनीलाई भने प्राधिकरणले विशेष व्यवस्था अन्तर्गत पुँजीवृद्धिका लागि तीन महिना समय थपेको हो ।
प्रतिक्रिया दिनुहोस्