Skip to content
Shikhar Insurance
National Life

नयाँ सरकारको विषयमा कांग्रेसको मत बाझियो, नेतैपिच्छे अलग-अलग धारणा

Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माधव-प्रचण्ड समूहलार्ई सहयोग गर्न सकिने बताएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनापछि नयाँ राजनीतिक परिस्थितिकाे बारेमा प्रमुख प्रतिपक्षी दलको स्पष्ट धारणा नआइरहेकाे बेला पौडेलले  माधव-प्रचण्ड समूहलार्ई सहयोग गर्ने संकेत दिएका हुन् ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेसले अरुलाई सहयोग गरेर भएपनि देशलाई सङ्कटबाट पार लगाउने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।” नेता पौडेलले भने ।

त्यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पत्रकारसँग कुरा गर्दै नयाँ सरकारको विषयमा प्रतिनिधि सभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने जिकिर गरे । “हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।” नेकपा विधिवत् रूपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा महतको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE